काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा मन्त्रीले गाडी लिएर भीडलाई उत्तेजित बनाएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले मन्त्रीले परिस्थितिलाई उत्तेजित बनाएको बताएका हुन्।
‘मन्त्री गाडी लिएर किन त्यहाँ जानुपर्यो ? हुलमा गएर उत्तेजित गराएर मान्छे मार्ने, बन्दुकको कुन्दाले मान्छे मार्ने यो सहज कुरा हो ?’ ओलीले प्रश्न गरे।
Facebook Comments Box