काठमाडौं– यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटिने भएका छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६८ संस्थाबाट पर्यवेक्षकका लागि २० हजारभन्दा बढीको प्रस्ताव आएको बताए ।
अब ती प्रस्तावमाथि चेकजाँच गरेर आयोगले पर्यबेक्षक हुनका लागि परिचय पत्र पनि जारी गर्नेछ।
उनका अनुसार निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएका थिए । पर्यवेक्षकहरूलाई आयोगले अभिमुखीकरण पनि दिँदैछ ।
Facebook Comments Box