काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ हजार बढी कालोसूचीमा परेका छन् ।
नेपाल उद्योग परिसंघ ९सीएनआई० ले पहिलो त्रैमासिकमा उद्योगहरुको अवस्थाबारे गरेको अध्ययन रिपोर्टअनुसार पाँच महिनामा १६ हजार ४६० वटा कालोसूचीमा परेको देखाएको हो ।
परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा कालोसूचीमा पर्नेको संख्या उच्च रहेको बताए ।
आर्थिक वर्ष २०७८र७९ मा १२ हजार ८८९ वटा र आव २०७९र८० मा २६ हजार ८६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको जानकारी दिए । यो वर्षको पाँच महिनाको अवधिमै १६ हजार ४६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।
कतिपय कम्पनीहरु कालोसूचीमा रहेको र कतिपय कालोसूचीबाट बाहिरिसकेको अवस्थामा ‘हालसम्ममा ६९ हजार ७७५ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको अध्यक्ष अग्रवालले बताए ।
बैंकको ऋण नतिरेको कारणले भन्दा काटिएका चेकमा पर्याप्त रकम नहुँदा कालोसूचीमा पर्ने कम्पनी धेरै रहेको उनले बताए ।