काठमाडौं : फेसबुकमा फेक आइडी बनाएर ठगी गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा–२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर–१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका–१ का २१ वर्षीय युनिक सिंह रहेका छन् ।
फेसबुकमा महिलाको नामको फेक आईडी बनाएर पुरुष व्यक्तिहरुलाई साथी बनाउने र ठगी गर्न खोज्ने उनीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूले फेसबुकमा केटीको नामको आईडी बनाएर पुरुषलाई साथी बनाउने र भिडिओ कल गरी अश्लील भिडिओहरू देखाएर स्क्रिन रेकर्ड गरी रकम नदिए भिडिओ पोस्ट गरिदिन्छु भनी ब्ल्याकमेल गर्दै धम्की दिने गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
Facebook Comments Box