धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी भइसकेको बताएका छन् ।
कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले त्यसबारे निर्णय गर्ने बताए । राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनका नेताहरुसँग छलफलमा बसेका बेला नाउपालाई एक सिट दिने समझदारी सत्ता गठबन्धनमा भइसकेको बताएको उनले जानकारी दिए ।
Facebook Comments Box