काठमाडौं : लागूऔषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरीमा तत्कालीन कार्यरत सई साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
बढैयाताल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए।
सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९१० (ख) मा उल्लेखित कसुर गरेको देखिँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिई विशेषमा मुद्दा दायर गरिएको हो।