काठमाडौं : डीएसपी सुधीर राईको जिल्ला प्रहरी परिसर ललितपुरमा सरूवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले राईलाई ललितपुर पठाएको हो।
उनलाई जिल्लाको ‘अपरेसन कमान्डर’को जिम्मेवारी दिइएको छ। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो।
दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
दुई युवाको मृत्यु भएपछि ललितपुरमा रहेका अपरेसन कमान्डर डीएसपी उमेश लम्साल निलम्बित भएका थिए।
गोली चलाउन निर्देशन दिएको भन्दै उनलाई निलम्बन गरिएको थियो। लम्सालको ठाउँमा राईलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Facebook Comments Box