काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशबाट उनले शुक्रवार सफाइ पाएकाे सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले अदालतको फैसलालाई लिएर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो।
द्वन्द्वकालीन मुद्दाबारे २०७३ जेठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिका कारण उनीमाथि अदालतको अपहेलना मुद्दा लागेको थियो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अदालतको अवहेलना भएकाले कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।
Facebook Comments Box