काठमाडौं : सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले यस्तो निर्णय गरेको हो ।
माघ ११ हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको कांग्रेस नेता रमेश लेखकले बताए ।
अहिले प्रमुख प्रतिपक्षले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेको अवस्था भएकाले सत्ता गठबन्धनले पनि गठबन्धनबाटै चुनाव लड्ने समझदारी भएको उनले बताए ।
Facebook Comments Box