दार्चुला – लामखुट्टेको टोकाईबाट लाग्ने औंलो रोगका बिरामी दार्चुलामा दुई वर्ष यता नदेखिएको पाइएको छ । दुई वर्ष अगाडी जिल्लाको गोकुलेश्वर तिर दुई जना बिरामी भेटिएकोमा त्यसयता अहिले सम्म औलो रोगका बिरामी नभेटिएको स्वास्थ्य दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिए ।
विश्व औलो दिवस २०७९ को अवसर पारेर स्वास्थ्य कार्यालय दार्चुलाले सोमबार कार्यक्रम गरेको थियो ।‘औलोको भार क मगर्ने नयापनमा जोड दिऔ र जीवन बचाऔ भन्ने नाराका साथ यस वर्ष औलो दिबस मनाइएको हो । यो रोगको बारेमा अहिले खोज अनुसन्धान भइरहेको पनि कार्यालयले जनाएको छ ।यो रोग ‘एनोफिलिज’ नामको लामखुट्टेको टोकाईबाट लाग्ने गर्छ । गर्भवती महिला र बालवालिकालाई यो रोगको खतरा धेरै हुने स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टले बताए । लमखुट्टे नियन्त्रण गर्नु, पानी जम्ने खाल्डाखुल्डी पुर्नु, झुलको प्रयोग गरेर लामखुट्टे नियन्त्रण गर्न पनि उनले आग्रह गरेका छन ।
सन् २०२२ सम्म नेपालले औलो रोग निवारण गर्ने योजना बनाएको छ । लगातार तीन वर्ष अर्थात २०२५ सम्म औलोका बिरामी भेटिएनन् भने नेपाल औलो रोग उन्मुलन देसको सुचीमा रहने पनि कार्यक्रममा जानकारी दिइएको छ । औलो रोग निवारण गर्न सबै जना जागरुक भएर लाग्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । संसारभर ४३० जातका एनोफिलिज लामखुट्टे मध्य ४० देखि ६० जातका लामखुट्टेले मात्र औंलो रोग सार्ने गर्दछन् । नेपालका ४३ जातका एनोफिलिज लामखुट्टे भएको रोकर्ड पाएको र तीमध्ये ४ जातका लामखुट्टेले औंलो रोग सार्ने गरेको डाक्टर आर्दश लिम्बुले बताए ।
औलो रोग लागेपछि दिनहुँ ज्वारो आउने, पसिना आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने उनले बताए । त्यस्तै, पूर्ण रुपमा होस नहुने, पटकपटक मुच्र्छा पर्ने, छारे रोगको लक्षण देखिने, श्वास फेर्न गाह्रो हुने, सहारा विना उठन र हिड्न नसक्ने, रक्तचाप हुने लगायतका समस्याहरु आइपर्ने उनले बताए । यो रोग बढी तराइ क्षेत्रमा फैलिने गरेको र हिमाली जिल्लामा भने कम मात्र पैmलिने गरेको बताए ।
दार्चुलामा औंलो रोगको कम जोखिम रहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालय औलो रोगको निवारणका लागि विभिन्न रणनीतिक कार्यक्रमहरु संचालन गर्दै आएको छ । औलो विरामीको खोजी गर्ने, औलो निवारणका लागि आवश्यक सूचना प्रणाली सुदूढीकरण गर्ने, औलोको जोखिम स्थानहरुमा भेक्टर नियन्त्रण कार्यक्रम संचालन गरी औलो सर्ने दर घटाउने लगायतका कार्यहरु संचालन गर्दै आइरहेको छ ।