काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द गरिएको छ।
गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ।
उपकुलपति छनोट समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि प्रधानमन्त्रीले शुक्रबार नै सच्याउन भनेका थिए।
Facebook Comments Box