कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका ५ क्यामरा चोरी तथा तोडफोड भएका छन् । निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका हुन् ।
निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए । तिनैमध्ये बेलडाँडी क्षेत्रमा ५ वटा क्यामरा चोरी भएको बताइएको छ।
मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए।
निकुञ्ज कार्यालयले मंसिर २४ देखि बाघ गणना सुरु गरेको हो। त्यसका लागि ९२ क्यामरा जडान गरिएको थियो । पुस १८ मा सबै क्यामरा संकलन गरिएको छ।
Facebook Comments Box