डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका- ६ राजुलमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । आज (आइतबार) एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले प्रहरी पोष्टको उद्घाटन गरेकी छिन् ।
कार्यक्रममा बोल्दै प्रमुख अथितिसमेत रहेकी खड्काले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको भएको बताउँदै स्थापना भएको प्रहरी पोष्टले जनतालाई सुरक्षाको अनुभति गराउने बताइन् ।
यस्तै वडाअध्यक्ष हरिसिंह भण्डारीले नागरिकसँग गरेका प्रतिबद्धता अनुरुप प्रहरी पोष्ट स्थापना भएको बताए । डडेल्धुराका प्रहरी प्रमुख डिएसपी दिपक कुमार कार्कीले प्रहरीसँग जनताले सहकार्य गर्न सके विभिन्न समस्या समाधान हुने बताए ।
राजुलमा स्थापना भएको प्रहरी पेष्टमा सात जनाको टोली खटिने छ ।
Facebook Comments Box