काठमाडौं : नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ । सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार एसले दुई सिटमा भाग पाएकाे छ ।
आफूले पाएकाे दुई सिटमध्ये एसले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनाेनयन दर्ता हुँदैछ ।
Facebook Comments Box