काठमाडौ : नेकपा एमालेका नेता भीम रावलले संविधानको धारा २६९ उल्लघन गरेको बताएका छन्।
राष्ट्रिय सभामा दलहरुबीच भएको गठबन्धप्रति संकेत गर्दै नेता रावलले राष्ट्रिय सभालाई दलीय स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेको अरोप समेत लगाएका छन्।
‘नेपालका राजनीतिक दलहरुले फेरि संविधानको धारा २६९ को उल्लंघन गरेका छन्। प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मुल्य र मान्यता कुल्चेका छन्’, रावलले सामाजिक सञ्जालमा भनेका छन्, ‘राष्टिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन्। संविधान लेख्दाका उदेश्य र अपेक्षमा घात गरिएको छ ’
Facebook Comments Box