धनगढी : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सभामुखको शपथ लिएको २४ घण्टा नबित्दै राप्रपाले फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार प्रदेशसभाबाट निर्वाचित भएका विष्टलाई राप्रपा केन्द्रिय निर्देशन समितिले फिर्ता बोलाउने निर्णय गरेको हो ।
बिष्टले मंगलबार मात्रै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् ।
Facebook Comments Box