बझाङ– स्थानीय तहको निर्वाचनका लागि बझाङका दुई पत्रकारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेर पत्रकारिता गर्दै आएका नेपाल पत्रकार महासंघ बझाङका सचिव ललितबहादुर सिंह र प्रेस युनियन जिल्ला शाखा बझाङकी उपाध्यक्ष पार्भती ऐडी रहेका छन् ।
सचिव सिंहले खप्तड छान्ना गाउँपालिका–७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेसले खप्तड रमानन्द जोशीलाई र नेकपा एमालेले जनक सिंहलाई उम्मेदवार बनाएका छन् ।
त्यसैगरी, प्रेस युनियन बझाङकी उपाध्यक्ष पार्भती ऐडीले तलकोट गाउँपालिकाको उपाध्यक्षमा सोमबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
पालिकामा आउने नेतृत्वले सधैँ महिलालाई दोस्रो दर्जामा राख्ने गरेको र उनीहरूलाई पदमा मात्रै सीमित राख्ने प्रवृतिको अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको ऐडीले बताएकी छन् ।
Facebook Comments Box