नुवाकोट– नुवाकोटमा काँग्रेसका एक सय ३० जना भन्दाबढीले एकैपटक सामूहिक राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा पार्टीले चालेको कदमकाविरुद्ध नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का नेपाली कांग्रेसका १ सय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजीनामा दिएका हुन् । उनीहरुले कांग्रेस जिल्ला उपसभापति राजु थापासमक्ष राजीनामा दिए ।
२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षीसमेत रहेका ५० वर्षीय बद्रीप्रसाद त्रिपाठीसहित १ सय ३० जनाले सामूहिक राजीनामा दिएका हुन् ।
Facebook Comments Box