काठमाडौं : प्रहरी प्रधान कार्यालयको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल तोकिएका छन्।
यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए।
यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ।
मन्त्रिपरिषद् बैठकले प्रहरीमा रहेका २० डिआइजीमध्ये १६ जनाको सरुवा गरेको हो। जसमा ७ वटै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको छ।
Facebook Comments Box