काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ ।
प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार देशकका ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।
मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी परिचालन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा १० हजार १६१, लुम्बिनी प्रदेशमा १५ हजार ८२८, कर्णाली प्रदेशमा ७ हजार ७५३, गण्डकी प्रदेशमा १० हजार ९३३, बाग्मती प्रदेशमा १२ हजार १८६ र प्रदेश नम्बर १ मा १७ हजार ४२१ म्यादी प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यकामा ४ हजार ७११ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।