काठमाडौं : बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महाेत्तरीकाे जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका छन्।
सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बम्जनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन्।
उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिए।
Facebook Comments Box