काठमाडाैं : सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका १९ जना साझा उम्मेदवारलाई विजयी गराउँदै गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउन अपिल गरिएको छ।
बैठकले गठबन्धन आवद्ध पार्टीका मतदातालाई गठबन्धनका पक्षमा दृढतापूर्व उभिन समेत आग्रह गरेको छ।
‘अपिलमा भनिएको छ, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ। निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्।
राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्छन्। यो निर्वाचन गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो।’