काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नक्कली ह्वाट्सएप अकाउन्ट सक्रिय रहेको पाइएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी कसैले ह्वाट्सएप अकाउन्ट चलाइरहेको जानकारी दिएको हो ।
बैंकका अनुसार उक्त नक्कली अकाउन्ट ९८१४४८६४४९ नम्बरबाट चलेकाे छ । त्यस नम्बरबाट खोलिएको अकाउन्टबाट विभिन्न व्यक्तिसँग संवाद भइरहेकाले सजग रहन बैंकले अनुरोध गरेको छ ।
“…गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध छ,” बैंकले सूचनामा भनेको छ ।
Facebook Comments Box