काठमाडौं – काठमाडौंबाट मोटरसाईकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त्त व्यक्तिलाई मोटरसाईकल सहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको हो ।
हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानीएवं खोजतलास गर्न सादा पोसाकमा खटाएको थियो । सादा पोसकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौं तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ हाईट स्थित सडक खण्डबाट सो व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौं लोलाङ वर्ष २६ को सुदास लामा रहेको छ । लामाले बास्तविक नम्वर परिवर्तन गरी लु ६४ प ७३७५ नम्वर कालो निलो २२० सी.सी.को पल्सर मोटरसाईकल चलाई रहेको बेला नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले बताए ।
उक्त मोटरसाईकलको वास्तविक नम्वर बागमति प्रदेश ०२–०२५ प १०१० रहेको खुल्न आएको छ । उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा नं. ८ डुकुछाप बस्ने नवराज घिमिरेले निजको घरबाट हराएको यस कार्यालयमा निवेदन दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाएको प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए ।