धनगढी : कैलालीमा सालकको खपेटा समात्दा समात्दै हवल्दारसहित २ प्रहरी घाइते घाइते भएका छन्।
घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका एक हवल्दार रहेका छन्।
उनीहरूमाथि आज (बिहीबार) बर्दगोरिया गाउँपालिका–६ मुढामा आक्रमण भएको कैलाली प्रहरीले जनाएको छ।
सालकको खपेटा समात्दा थारुहरुले कुटेको र अहिले स्थानीय अस्पतालमा उपचार सुरु गरिएको प्रहरी स्रोतको भनाइ छ। घाइतेमध्ये एकको अवस्था समान्य र एकको गम्भीर रहेको छ।
तथापी प्रहरीले १० किलो सालकको खपेटासहित जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरीलाई पक्राउ गर्न सफल भएको छ।
र, यो पनि :
कैलालीबाट सालकको खपटासहित दुई जना पक्राउ
Facebook Comments Box