काठमाडौं : जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ।
प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले जवानहरुलाई प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको हो।
ती जवानहरु ६ महिनासम्म पनि बिदा नबसेको देखिएकाले स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए।
कारबाही गर्नका लागि नभएर बिदा बस्नलाई प्रात्साहित गर्न स्पष्टीकरण सोधिएको उनले बताए।
ती जवानहरुले स्पष्टीकरणको जवाफ पनि दिइसकेको बुझिएको छ। प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने बिदा पाउँछन्।
Facebook Comments Box