काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । लेखापरीक्षण प्रतिवेदन अनुसार पार्टीको आम्दानी गत आर्थिक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ देखिएको छ ।
पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।
सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ ।
चालु आर्थिक वर्षको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रुपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ ।
Facebook Comments Box