काठमाडौं : अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले पञ्चा सिंहलाई जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको जानकारी दिए ।
२०६५ फागुन २६ गते साँझ खुकुरी हानेर कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरिएको घटनामा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यता सिंहले भने आफूलाई पक्राउ पुर्जी जारी गरिएको विषयमा आधिकारिक जानकारी नपाएको बताइन् । आफूले पनि बाहिरी हल्ला सुनेको भएपनि यसबारे औपचारिक जानकारी नआएको उल्लेख गरिन् ।
Facebook Comments Box