धनगढी : प्रस्तावित सशस्त्र प्रहरी बल हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमबहादुर चन्द सम्मानित भएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसरमा वैजनाथ बाहिनी अत्तरियाले डिएसपी चन्दलाई उत्कृष्ट गुल्मपतिको सम्मान दिइएको हो ।
डिएसपी चन्दले सीमा सुरक्षा गुल्म देविस्थान, कञ्चनपुरको गुल्मपति हुदाँ प्रदेशभरिबाटै उत्कृट कार्य सम्पादन गरेको भन्दै सम्मानित भएका हुन्।
चन्दलाई मुख्यमन्त्री कमलबहादुर शाह र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले पुरस्कृत गरेका थिए।
डिएसपी चन्दले आफ्नो नेतृत्वमा सीमामा हुने चोरी तस्करी अपराध नियन्त्रण, वन पैदावार नियन्त्रण, विपद् व्यवस्थापन एवं राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
यस्तै डिएसपी चन्द सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगीतामा प्रथम भएका छन् । वैजनाथ बाहिनी मुख्यालयमा आयोजित बाहिनीस्तरिय प्रतियोगीतामा प्रथम भएका थिए ।
प्रतियोगीतामा प्रथम भएका डिएसपी चन्दलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका थिए ।