धनगढीः अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइएको छ।
अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएको हो।
संघको बुधबार विहान बसेको कार्यसमिति बैठकले नक्कली टिकट ठेली प्रहरीलाई बुझाउने निर्णय गरे अनुसार प्रहरीलाई बुझाइएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताए।
उनका अनुसार २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको हो।
‘प्रहरीलाई बुझाइएका सबै टिकट ठेली सिल गरेर बुझाएका छौं। दुबै पक्षको रहोबरमा बुझाइएको हो,’ उनले भने।
हिजो (मंगलबार) नक्कली टिकट प्रकरणको छानबिनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको हो।
निवेदन परेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न प्रहरीलाई निर्देशन दिएको कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी जानकारी दिए।
हिजो अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट प्रकरणमा छानबिनको माग गर्दै अत्तरियाका व्यवसायीले संघको कार्यालयमा ताला लगाएका थिए।
र, यो पनि :
अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी
नक्कली टिकट प्रकरण : छानबिनको माग गर्दै कैलाली प्रशासनमा निवेदन
अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली टिकट फेला