धनगढी : नक्कली टिकट प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता भएको छ।
सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएपछि छानबिनको माग गर्दै अत्तरिया उद्योग बाणिज्य संघले प्रशासनमा निवेदन दिएको हो।
नक्कली टिकटको विवाद बारे उचित छानबिनको माग गर्दै निवेदन दर्ता गराएको संघका महासचिव शंकर खड्काले जानकारी दिए।
अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए।
र, यो पनि :
अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली टिकट फेला
Facebook Comments Box