धनगढी : दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ मा रहेका पाकिस्तान र नेपालको खेल जारी छ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललले यो समाचार तयार पर्दासम्म २१ ओभरमा चार विकेट गुमाएर ८५ रन बनाएको छ।
पावर प्ले अर्थात् सुरुवाती १० ओभरमा नेपालले २ विकेट गुमाएको थियो।
नेपालले चौथो विकेटका रूपमा उत्तम मगरलाई गुमाएको हो। २१ औं आभेरमा मगर ४ रन बनाएर क्याच आउट भए।
त्यसअघि तेस्रो विकेटमा रुपमा नेपालले कप्तान देव खनाललाई गुमाएको थियो।
देव १७.१ ओभरमा २३ रन बनाएर क्याच आउट भए। नेपालका आकाश त्रिपाठी ६.५ ओभरमा ६ रनमा क्याच आउट भए।
नेपालले पहिलो विकेटको रूपमा ४.२ ओभरमा ओपनर अर्जुनलाई गुमाएको थियो। न्युजिल्यान्डबिरुद्ध उत्कृष्ट ब्याटिङ गर्दे अर्जुनले ९० रन बनाएका थिए।
नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ।
नेपालले आज दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’ र सुवास भण्डारीलाई विश्राम दिएर विपिन रावल, दीपकप्रसाद डुम्रे र दुर्गेश गुप्तालाई मौका दिएको हो।