धनगढी : दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ मा रहेका पाकिस्तान र नेपालको खेल जारी छ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललले एक सय रन पूरा गरेको छ।
यो समाचार तयार पर्दासम्म ३२ ओभरमा ५ विकेट गुमाएर नेपालले एक सय ३ रन बनाएको छ।
अहिले क्रिजमा गुल्सन झा र दिपक डुम्रे छन्। झा ८ र डुम्रे ३ रन बनाएर खेलिरहेका छन्।
नेपालले विपिन रावल ३९ रन, उत्तम मगर ४ रन, कप्तान देव खनाल २३ रन, आकाश त्रिपाठी ६ रन ओपनर अर्जुन कुमाल ६ रनमा आउट भए।
नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ।
नेपालले आज दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’ र सुवास भण्डारीलाई विश्राम दिएर विपिन रावल, दीपकप्रसाद डुम्रे र दुर्गेश गुप्तालाई मौका दिएको हो।
Facebook Comments Box