कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० सडकघाटबाट ७७० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन्।
यस्तै भीमदत्त नगरपालिका-१० गडडाचौकीस्थित व्यारेलबाट ०.८३ ग्राम खैरो हेरोइनसहित भीमदत्त-३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त-१ का २८ वर्षीय प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुवै जनाहरुलाई पक्राउ गरेको हो।
पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box