काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन्।
मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन्।
‘कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ भूपदेवले भने।
२०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेका शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान नगर्ने भएका छन्।
Facebook Comments Box