धनगढी : राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मतदान गरेका छन्।
उनले आज बिहान मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
राष्ट्रियसभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। मतदान ३ बजेसम्म जारी रहनेछ।
राष्ट्रियसभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन गर्न लागिएको हो।
सुदूरपश्चिममा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार छन्।
यसैगरी, नेकपा (एमाले) कैलालीका रामचन्द्र जोशी, सावित्रा घिमिरे र कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिएका छन्।
Facebook Comments Box