हेटौंडा : राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् ।
राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।
अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६५३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६६२२ मतभार पाएर निर्वाचित भए । अपाङ्गता/अल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६३८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६५१२ मतभार पाएर निर्वाचित भएका निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।
Facebook Comments Box