काठमाडौं : स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो।
बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन पनि आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments Box