धनगढी : बहुमतबाट माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चयन भएका मानबहादुर धामीले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने प्रतिक्रिया दिएका छन्।
शुक्रबार बसेको संसदीय दलको बैठकले नेता खगराज भट्टलाई हटाएर धामी दलको नेता चयन भएका हुन्।
‘बहुमतबाट निर्णय भएपनि तत्काल हामी मन्त्रिपरिषद् पुनर्गठन वा सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउँदैनौँ। नेता परिवर्तन भएपनि संसदीय दलमा सबैलाई मिलाएर लैजान्छु’, धामीले भने ।
Facebook Comments Box