काठमाडौं : नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ। नेपालले १० औं ओभरको खेल चलिरहँदा ५ विकेट लिइसकेको छ।
आकाश चन्दले नेपाललाई पाँचौ सफलता दिलाएका हुन्। उनले अहिलेसम्म ४ विकेट लिइसकेका छन्। ९.१ ओभरको खेल सकिँदा अफगानिस्तानले ५ विकेट गुमाएर मात्र ३४ रन बनाएको छ।
तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए।
आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए। दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको छ।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ। दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ।
नेपालले पछिल्लो खेलमा पाकिस्तानबाट दुर्गेश गुप्ता र उत्तमथापा मगरलाई बेञ्चमा राखेको छ। तिलक लेगस्पिनर हुन्। दीपक फिनिसर हुन्।
नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो।
दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन्। यस खेलको विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ।