धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले उनको सचिवालय छोडेका छन् । रास्वपा स्थापनादेखि नै लामिछानेको सचिवालयमा रहेर काम गर्दै आएका सिग्देलले बिहीवारदेखि सचिवालय छोडेको घोषणा गरेका हुन् ।
‘केही समयका लागि पारिवारिक काममा व्यस्त रहने जानकारी गराउँदछु’, रविलाई छोडेपछि सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन् । सिग्देलले आफ्नो फेसबूकको इन्ट्रोमा पनि ‘स्वकीय निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने’ भन्ने व्यहोरा लेखेका छन् ।
सचिवालय छाड्नुको कारण भने उनले उल्लेख गरेका छैनन् । तर रवि निकट स्रोतका अनुसार पारिवारिक कारण देखाउँदै सिग्देलले केही समय अघिदेखि नै सचिवालय छोड्ने तयारी गरेका थिए ।
ग्यालेक्सी टेलिभिजन खुल्दा सिग्देल चितवन संवाददाता थिए । पछि रास्वपा स्थापना भएलगत्तै सिग्देललाई रविले स्वकीय सचिव बनाएका थिए ।
प्रतिनिधिसभाको चुनाव र उपचुनावमा रवि चितवन २ बाटै निर्वाचित बनेका थिए ।