धनगढी : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको सल्लाहकारबाट सात जनाले राजीनामा दिएका छन् । अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणमा नेतृत्वले नैतिकता नदेखाएको भन्दै सल्लाहकारका राजीनामा दिएका हुन ।
सल्लाहकार सह संयोजक धना देबी चोखालसहित अन्य ६ जनाले राजीनामा दिएका हुन् । यस्तै राजीनामा दिनेहरुमा सल्लाहकार सदस्य टिकाराम आचार्य , आनन्द भट्ट ,गणेश बोगटी, धर्मसिँ कुँवर, राम सापकोटा र नैनसिँ कार्की रहेका छन् ।
महोत्सवमा २८ वटा ठेली नक्कली टिकट भेटीएका थिए । एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो।
आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो।
दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापछि भूवन महराले प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौताका गरेको थियो ।