धनगढीः माओवादी केन्द्रको कोटाबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको छ।
उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र राज्यमन्त्री गीतादेवी माललाई फिर्ता बोलाउने तयारी भएको हो।
तीनै जना मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाउने गरि माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेको हो।
उनीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै फिर्ता बोलाउन आन्तरिक गृहकार्य भइरहेको माओवादीका एक प्रदेश सभा सदस्यले जानकारी दिए।
ती सदस्यका अनुसार माओवादीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउन घनिभुत रुपमा छलफल जारी छ। हिजो (शुक्रबार) मात्र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको छ।
Facebook Comments Box