काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन्।
उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको बताइएको छ।
लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल पनि त्यता गएका छन्। रास्वपा स्रोतका अनुसार उनीहरु नयाँ दिल्लीमा पार्टी शुभेच्छुकहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
Facebook Comments Box