धनगढी : नेकपा एमाले कैलाली जिल्लाले पार्टीको जिल्ला अधिवेशनको तयारी सुरु गरेको छ । ९औँ जिल्ला अधिवेशन यही फागुन ६ र ७ गते कैलालीको घोडाघोडी नगरपालिकाको स्थित सुखडमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।
मङ्गलवार नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश सिंह ठगुन्ना सहितको टोलीले कार्यक्रम आयोजना हुने स्थलको पनि निरीक्षण गरेको छ ।
स्थल निरीक्षणमा इन्चार्ज ठगुन्ना सहित कैलाली कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही सहित जिल्ला कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो ।
सुखडको हेलिप्याडमा भव्य समारोहको बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तयारी भएको एमाले कैलाली सचिव डेजी पाण्डेले जानकारी दिए ।
‘हामीले पार्टीको भव्य उद्घाटन गर्ने तयारी गरेका छौँ ’उनले भने ‘एमाले अध्यक्ष केपी शर्मा ओली कैलाली अधिवेशन उद्घाटन गर्नुहुने छ । ’
आज अधिवेशन तयारीको लागि सचिवालय उद्घाटन गरिएको उनले जानकारी दिए ।