धनगढी : नेपाल आयल निगमले मध्यरातदेखि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ बढाउने भएको छ ।
आज राति १२ बजेपछि पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाउने निर्णय भएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँ भाउ बढाउन लागिएको हो ।
नयाँ भाउअनुसार काठमाडौं र वरपरका जिल्लामा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर एक हजार ९१५ रुपैयाँ तोकिएको छ ।
Facebook Comments Box