धनगढी: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएकाे छ। मूलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ७८ रनले हरायो।
पुलिसले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो।
सुदूरपश्चिमका गजेन्द्र बोहराले सबैभन्दा धेरै ३० रन बनाए। पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ७ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ४७ ओभर ५ बलमा १ सय ९८ रन बनाउँदा अल आउट भयो। पुलिसका शङ्कर रानाले ४६ र दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए।
प्रतियोगितामा पुलिसको यो लगातार नवौँ जित हो। पुलिस यसअघि नै फाइनलमा पुगिसकेको छ। सुदूरपश्चिमले ८ अङ्क जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ।
Facebook Comments Box