धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्टले बालुवाटार पुगेर दुखेसो पोखेका छन । आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर भट्टले आफू माथि अन्याय भएको बताएका छन ।
भट्टले आफनो राजनैतिक जीवनको इतिहासमा सबै भन्दा ठूलो धक्का खाएको प्रचण्डलाई सुनाएका थिए ।
बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी दलको नेता परिवर्तन गरेपछि प्रदेशमा विवाद सुरु भएको थियो । सुदूरपश्चिम प्रदेशका माओवादी मन्त्री सहितका नेताहरूको भेटवार्ता भएको छ ।
बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्ट सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र प्रचण्ड बुहारी समेत रहेकी नेतृ विना मगरले प्रचण्डलाई भेटेर समसामायीक विषयमा जानकारी गराएका हुन् ।
बिहान करिब ८ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच करिब ३० मिनेट संवाद भएको थियो ।
हरिराम चौधरी, खगराज भट्ट, रमेश धामी, बिना मगर लगायतले सुदूरपश्चिम प्रदेश माओवादीमा अहिले समस्या देखिएको र केन्द्रबाट यस विषयमा हस्तक्षेप गर्न आवश्यक रहेको बताएका थिए ।
लेखराज भट्ट एमाले भएपछि कमजोर भएको पार्टी खगराज भट्टलाई दलको नेताबाट हटाएर थप कमजोर बनाउन लागेको प्रदेश अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई बताएका थिए ।