धनगढी : महेन्द्रनगरमा सम्पन्न तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन समारोहमा अतिथिहरुको दृष्य रोचक देखीयो ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका पुर्व उपाध्यक्ष तथा गृहमन्त्री भीम रावल थिए । कार्यक्रममा विशिष्ट अतिथि अतिथि पूर्व सासंद प्रकाश रावल रहेका थिए ।
जिल्ला बाहिरका सभासमारोहमा खासै नदेखिने रावल एकाएक मुख्यमन्त्री कप प्रतियोगितामा प्रमुख अतिथिको रुपमा देखिए ।
एमालेमा निष्क्रियजस्तै रहेका रावल उनी गृह जिल्लाका कार्यक्रमहरुमा भने व्यस्त थिए ।
एमालेको झुलाघाट चिवाभञ्ज्याङ विशेष अभियानपछि गृहजिल्ला पुगेका रावल नेता कार्यकर्ता भेट्नमा भने व्यस्त थिए।
पार्टीको गृह प्रदेशको अधिवेशनमा एमालेको बोलावटमा नपरेका उनलाई अहिले भैरहेका जिल्ला अधिवेशनमा पनि स्पेस दिइएको देखिदैन।
रावलले दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी पनि दिएका थिए।
अध्यक्षमा पराजित भएपछि पार्टीले उनलाई केन्द्रीय सदस्य तथा सल्लाहकारको भूमिका दिने प्रयास गरे पनि उनले त्यो अस्वीकार गरेका थिए।
त्यसपछि उनलाई पार्टीमा सक्रिय बनाउन वार्ता थालिएको थियो तर त्यो पनि सफल भएको छैन।
रावल सुदूरपश्चिममा पकड भएका एमाले नेताको रुपमा परिचित छन्।
एमालेको दशौँ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन ।