धनगढी : प्रहरीको नियन्त्रणमा रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर बाँजीसिंह खड्का (विजय) छुटेका छन्।
हिजो इलाका प्रहरी कार्यालय मालाखेतीले उनलाई नियन्त्रणमा लिएकोमा आज (आइतबार) छुटेका हुन्।
उनले चलाएको स्कारपियोले हिजो (शनिबार) चुरे गाउँपालिका-५ का ५५ वर्षीय पदम सुनारलाई ठक्कर दिएपछि कैलाली प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
घाइतेको उपचार गराउने सहमती गरेर उनी छुटेको प्रहरीले जनाएको छ। घाइते पदमको अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ।
ड्राइभर दिपायलमै छोडेर जन्तीमा धनगढी आएका मेयर खड्का शनिबारको दिन आफैं ड्राइभर बनेर सरकारी नम्बर प्लेटको से १ झ ३१७ नम्बरको स्कारपियो चलाएर फर्किन लाग्दा चुरे क्षेत्रमा दुर्घटनामा परेका थिए।
र, यो पनि :
मेयर बाँजीसिंहले बिदाका दिन आफैंले गाडी हुँइकाएपछि…
Facebook Comments Box